२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

राष्ट्रिय दलित पत्रकार संघ सल्यानको अध्यक्षमा नाेखिराम थापा

सल्यान ।

राष्ट्रिय दलित पत्रकार संघ सल्यानको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सम्पन्न दाेस्राे अधिवेशनले नोखिराम थापा अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला कार्यसमिती चयन गरेको हो ।

जसको उपाध्यक्ष रेमन्त बि क, सचीव पुष्कर सुनार, सहसचिव लोकेश बिक र कोषाध्यक्ष भवाना बि क रहेका छन् ।

सदस्यहरुमा संगम विहानी, लिला ओलि परियार, गोबिन्द कुमार बि क, बिनोद सुनार, प्रमिशा बि क, सन्तोष बिटालु, प्रज्वल महर र टिकाराम विक यस्तै केन्द्रीय पार्सदमा योगराज बिश्वकर्मा र भरत परियार तथा प्रदेश पार्सदहरुमा खेमराज सुनार, पुजा रसाइली रहेका छन् ।

अधिवेशनकाे उद्घाटन सत्रमा बाेल्ने वक्ताहरुले ग्रामिण र सिमान्तकृत क्षेत्रमा न्यायिक प्रणालीलाई विस्तार गर्नुपर्ने धारणा राखेका थिए । उनिहरुले सिमान्तकृत समुदायले अझै पनि विभिन्न समस्या भोगिरहेको बताएका हुन् । सिमान्तकृत समुदायका समस्या सम्बोधन गर्न समावेशी नीति, समान अवसर, र अधिकारको संरक्षण आवश्यक रहेकोमा कार्यक्रममा बाेल्ने वक्ताहरुले जोड दिएका हुन् ।

कार्यक्रममा शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारीले शिक्षा, स्वास्थ्य, रोजगार, र न्यायमा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिदै आफुहरुले यस विषयमा ध्यान दिएर काम गरिरहेको उल्लेख गरे ।

यस्तै बागचौर नगरपालिका प्रमुख जनकरा गौतम, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, सिद्धकुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्धा के.सी, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष टेकेन्द्र बिश्वकर्मा, प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मी लगाएतले बोल्दै सिमान्तकृत समुदायको हकहित सुरक्षित गर्न हातेमालो आवश्यक रहेको धारणा राखेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ सल्यानका संस्थापक अध्यक्ष नाेखिराम थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण संस्थापक सचिव खेमराज सुनारले गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस