२०८३ जेष्ठ ५ गते मङ्गलवार | 2026 May 19th Tuesday

एमाले गर्याे छत्रेश्वरी गाउँपालिकाका ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन

सल्यान ।

नेकपा एमालेले छत्रेश्वरी गाउँपालिकाका ७ वटा वडामध्ये ६ वटा वडाहरुका अधिबेशन सम्पन्न गरेकाे छ । हालसालै नेकपा एमाले छत्रेश्वरी गाउँ कमिटीले वडा नं. २ बाहेक अन्य सबै वडाहरूमा सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न गरेकाे गाउँ कमिटी अध्यक्ष ज्ञान बहादुर खड्काले बताए ।

अध्यक्ष खड्काका अनुसार वडा नम्बर १ मा कालिबहादुर चन्दकाे अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी सर्वसहमतिबाट चयन गरिएको छ ।

जसकाे उपाध्यक्षमा नियम बहादुर चन्द, सचीवमा रुद्र बहादुर चन्द, उपसचीवमा जयकला घर्ती कवर र नेव बहादुर खड्का रहेका छन् ।

वडा नम्बर ३ मा दिपक दाहलकाे अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि गठन गरिएकाे छ । यहाँ उपाध्यक्षमा सावित्री डाँगी,
सचिवमा हरिकला कवर, उपसचिवमा दुर्गा बहादुर खत्री र चुडामणी खड्का रहेका छन् ।

वडा नम्बर ४ मा गिर्दल खत्रीकाे अध्यक्षतामा २३ सदस्य वडा कमिटी निर्माण गरिएकाे छ । जसकाे उपाध्यक्षमा गणेश खत्री, सचिवमा सुरेश वि.क., उपसचिवमा अम्बर बहादुर खत्री र शारदा पुन मगर रहेका छन् ।

वडा नम्बर ५ मा टंकबहादुर वलिको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन भएकाे छ । यहाँ उपाध्यक्ष नरेन्द्र बहादुर कवर, सचिवमा राजेश डाँगी, उपसचिवमा तुल्सा नेपाली र मदन भणडारी रहेका छन् ।

वडा नम्बर ६ मा कमलला केसीकाे अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी सर्वसहमती चयन गरिएकाे छ । उपाध्यक्षमा रेशम बहादुर खड्का, सचिबमा खड्गनाथ योगी, उपसचिबमा शुसिला बुढाथोकी, उपसचिबमा अशोक भण्डारी लगायत २३ सदस्यीय रहेका छन् ।

वडा नम्बर ७ मा ऋषिराम बुढाथोकीको अध्यक्षतामा १३ सदस्य वडा कमिटी गठन भएकाे छ ।

वडा अधिवेशन सफल पार्न एमाले सल्यानका उपाध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथाेकी, गाउँपालिका उपाध्यक्ष बुद्धा खत्री, एमाले छत्रेश्वरी गाउँ कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, एमाले सल्यानका सचिवालय सदस्य नेव बहादुर खड्का, जिल्ला सदस्य फाैद बस्नेत, खड्ग शाही, छत्रेश्वरी गाउँपालिका ६ का वडा अध्यक्ष टिकाराम बुढा लगायतका नेताहरुकाे सक्रियता रहेकाे थियाे ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस