२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

काेटमाैलाका सन्दिप योगीको सम्झनामा २ लाख बढीको अक्षयकोष र फाण्डेशन

सल्यान ।

सल्यान कोटमौलाका स्वर्गिय सन्दिप योगी सम्झनामा २ विद्यालयमा अक्षयकोष र सामाजिक कार्य गर्नका लागि फाउण्डेसन तयार गरिएको छ ।

मंसिर २४ गते निधन भएका बागचौर नगरपालिका ८ कोटमौलाका ३१ बर्षिय सन्दिप योगीका परिवारले उनको सम्झनामा कक्षा १ देखि ५ सम्म पढेको जीवनज्योति प्रावि गैरिविसौनी र कालिका मावि कोटमौलामा अक्षयकोष खडा गरेका हुन ।
जीवनज्योती प्राविमा ५५ हजार ५ सय ५५ र कालिका माविमा १ लाख ५ हजार ५ सय ५५ गरी १ लाख ६१ हजार १ सय ५ को अक्षयकोष निर्माण गरिएको हो ।

त्यस्तै ५५ हजार ५ सय ५५ को सन्दिप योगी फाउण्डेसन तयार परिएको छ । १० दिनमा राखिएको शोक भेटघाटमा फाउण्डेशनको घोषणा गरिएको हो भने दुवै विद्यालयमा गरिएको श्रद्धाञ्जली सभाको कार्यक्रममा अक्षयकोष घोषणा गरिएको हो ।


शोक सभामा मृतक सन्दिप योगीका बुबा सुवास योगीले आज समाजले एउटा व्यक्ती गुमाएको भन्दै उनको सम्मानमा समाजमा केहि गर्ने मनसायले अक्षयकोष र फाउण्डेसनको घोषणा गरिएको बताए ।

अक्षयकोषबाट प्राप्त रकमले स्वर्गिय सन्दिप योगीको निधन भएको दिन मंसिर २४ गते कै दिनमा कार्यक्रम गरेर दुवै विद्यालयका गरिव तथा जेहेन्दार विदयार्थीलाई छात्रवृत्ती वितरण गरिनेछ भने फाउण्डेसनले सम्बन्धित निकायमा दर्ता भई सामाजिक कार्य गर्नेछ ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस