२०८३ भाद्र २१ गते आइतवार | 2026 September 6th Sunday

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ र ६ मा बजार अनुगमन गरियो

गोपाल ओली ( परिवर्तन ) १०,माघ २०८१ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ र ६ मा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको संयोजकत्वमा त्रिवेणी गाउँपालिकाको झुल्नेटा बजार क्षेत्रमा बजार अनुगमन गरिएको हो । बजारमा भएका म्याद गुज्रिएको सामान नष्ट गर्ने र मुल्य सुचीको व्यवस्थापन गर्ने उदेश्यले बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता संरक्षण कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

गाउँपालिकाको मुख्य बजार ३ र ६ को झुल्नेटामा रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी ,त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउले,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमका प्रमुख तथा संयोजक रमेश वलि ,त्रिवेणी गाउँपालिका कृषि शाखा अधिकृत रमेश पुन मगर ,जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका नायब सुब्बा बिरेन्द्र बिष्ट ,रुकुम उद्योग बाणिज्य संघका उपाध्यक्ष दयाराम केसि लगाएतको टोलिले झुल्नेटा बजार क्षेत्र अनुगमन गरेको बताईएको छ । उक्त बजार अनुगमनमा, टियन सारु मगर ,जनक रावल ,दिनेश साप्कोटा त्रिवेणी गाउँपालिकाका गाउँ प्रहरी सहायक निरीक्षक निर्मल पुन ,सुरक्षाकर्मी ,पत्रकार लगाएको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस