आजदेखि एनएसएल सुरु, काठमाडौँ र ललितपुर भिड्दै
काठमाण्डौँ, १६ चैत्र । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै छ। उद्घाटन खेलमा पहिलो संस्करणको च्याम्पियन काठमाडौँ रेजर्स र साबिक विजेता ललितपुर सिटी एफसी भ्याली डर्बीमा भिड्ने छन् । पछिल्लो संस्करणमा धनगढी एफसीलाई फाइनलमा हराएर ललितपुर च्याम्पियन बनेको थियो ।
ललितपुरले यस पटक उपाधि रक्षा गर्ने अभियानमा इङ्ग्ल्यान्डका प्रशिक्षक सिमन ग्रे सनलाई अनुबन्ध गरेको छ । लिड्स युनाइटेड जस्तो टिमलाई प्रशिक्षण दिइसकेका ग्रेसन केही समयअघि इन्डियन सुपर लिगमा बेङ्लुरु एफसीका प्रशिक्षक थिए ।
प्रशिक्षक ग्रेसनले ललितपुरलाई पुनः च्याम्पियन बनाउने उद्देश्य लिएर करिब पाँच हजार माइलको यात्रा गरेर नेपाल आएको बताएका छन् ।खेल साँझ ६ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार