२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

छत्रेश्वरी गाउँपालिकामा युवा संजाल गठन

सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिकामा पालिका स्तरिय युवा संजाल गठन गरिएकाे छ । बुधबार भाेटेचाैरमा भएकाे प्रथम छत्रेश्वरी युवा सम्मेलन मार्फत समिति गठन गरिएकाे हाे ।

१३ सदस्यीय गठित समितिकाे अध्यक्षमा जाेतिप्रसाद रावत चयन भएका छन् । उपाध्यक्षमा यामा रेउले, सचिवमा सन्दिप थापा, सहसचिवमा लिला बस्नेत र काेषाध्यक्षमा सुनिता विक रहेका छन् ।

छत्रेश्वरी नागरिक समाजकाे आयाेजना, दलित विकास समाज सल्यानकाे आर्थिक सहयाेग र छत्रेश्वरी गाउँपालिकाकाे समन्वयमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका ओज बहादुर बुढाथाेकी, वडा नम्बर ५ का वडाध्यक्ष तथा प्रवक्ता फाैद बहादुर बस्नेत, वडा नं. ३ का अध्यक्ष तिर्थराज दहाल, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका कर्मचारीहरु लगायतकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा युवा अभियन्ता प्रकाश नेपालले युवाको परिचय, राष्ट्रिय तथा अन्तराष्ट्रिय युवा नीति, तथा युवाको वर्तमान अवस्थाबारे विस्तृत रूपमा प्रस्तुती दिएका थिए । उनले स्थानिय तहमा युवाको अवस्था, अवसर र चुनौतीहरूको पनि चर्चा गर्नुभयो, जसले युवाहरूको वास्तविकता बुझ्न सहयोग पुर्‍यायो। साथै, युवाको सशक्तिकरणका लागि आवश्यक सीप विकास, उद्यमशिलता, रोजगारीका अवसरहरू, प्रविधि र नवप्रवर्तनमा युवाहरूको संलग्नता कस्तो हुनुपर्छ भन्ने विषयमा समेत प्रकाश पारेका थिए ।

युवा सम्बन्धि विभिन्न प्यानलिस्टमा प्रश्न उत्तर कार्यक्रम समेत गरिएकाे थियाे । गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथाेकी, महिला विकास शाखा प्रमुख शारदा वली, नेपाल पत्रकार महासंघ सल्यानका काेषाध्यक्ष खकेन्द्र केसी, प्रहरी चाैकी भाेटेचाैरका प्रमुख प्रकाश परियार र जानकी मावि दाेलीका प्रधानध्यापक टंक प्रसाद केसीले प्यानलिस्टमा युवाका प्रश्नउत्तरमा छलफल गरेका थिए । पालिका अध्यक्ष बुढाथाेकीले गाउँपालिका युवामैत्री कार्यक्रम गर्न सधै लागिपरेकाे बताए । उनले अहिलेका युवाहरुलाइ सकारात्मक बाटाेतिर लाग्न र गलत बाटाे त्याग्न समेत अनुराेध गरे ।

कार्यक्रमकाे ओैचित्यबारे दलित विकास समाज सल्यानका कार्यक्रम संयाेजक गुमानसिंश नेपालीले प्रष्ट पारेका थिए । नागरिक समाज छत्रेश्वरीका अध्यक्ष रेमन्त डाँगीकाे सभाअध्यक्षता र सहसचिव लाेक ब. वलीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण माेहन खत्री र नुमा रिजालले गरेका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस