जन्मदिनको अवसरमा पुरीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
सल्यान ।
जनकल्याण क्याम्पस थारमारेमा अध्यनरत फलेन पुरी द्वारा जन्मदिनको अवसरमा बागचाैर नगरपालिका वडा नं. ८ काे सरस्वती आधारभूत विद्यालय गैरागाउँमा अध्यानरत विद्यार्थीलाई शैक्षिक सामाग्री झाेला वितरण गरेका छन ।
शुक्रबार आफुले कक्षा ५ सम्म अध्ययन गरेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षासँग जोड्न आफुले प्रयास गरेको पुरीले बताए । सामाग्री वितरण कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
जन्मदिनको अवसरमा शिक्षा क्षेत्रसँग जोडिनु भएकोमा विद्यालयका प्रधानाध्यापक मेहरमान केसीले धन्यवाद दिएका थिए । साथै उहाँले बाल्यकालमा अध्ययन गरेकाे विद्यार्थी पुरीकाे समाजसेवा प्रतिकाे कार्यकाे प्रसंशा गर्दै विद्यालय परिवार पनि खुसी रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाेला प्रसाद गिरी, वडा सदस्य फते बहादुर वस्नेत, समासेवी पूर्व जिल्ला विकास समिति सल्यानका सभापति भरत पुरी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितीमा रहेको थियो ।