२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशनको दशौं बैठक आज बस्ने

काठमाडौँ, १३ जेठ । लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशनको दशौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी प्रि–बजेट छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सो छलफल अन्तर्गत प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारहरूबारे विचार विमर्श गरिनेछ ।यस अघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलेले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नु भएको थियो । प्रदेश सभाका सदस्यहरूले आजबाट उक्त प्रस्तावमाथि आ–आफ्ना सुझाव र धारणा राख्ने अवसर पाउनेछन् ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस