शिक्षक यामराज ओलीको “शिक्षक हामी समाजको ऐना हौँ ” बोलको सन्देशमुलक गित सार्बजनिक
काठमाडौँ , १५ जेठ । शिक्षक ,गायक तथा गितकार यामराज ओलीको शब्द/ रचनामा ” शिक्षक हामी समाजको ऐना हौँ ” बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । जसमा यामराज संगै गितमा जमुना बिश्वकर्मा र झरना श्री ओलीकोको स्वर भरेका छन् । राजु सापकोटाको संगीत, रहेको यस गितमा संजय श्रीपालले संगीत संयोजन,त्यस्तै ध्वनि सम्पादन गरेका हुन् ।
सन्तोष तिमिल्सिनाले छायांकन गरेको भिडियोमा रोशन धितालको भिडियो सम्पादन त्यस्तै कलर भरेका छन् । देशको गौरबमय ईतिहास बोकेको पहिलो स्कुल दरबार हाइस्कुलमा छायांकन गरिएको भिडियोमा राजु सापकोटाले निर्देशन गरेका हुन् ।
भिडियोमा चर्चित नायिका रश्मि भट्ट , यामराज ओली , झरणा श्री ओली ,दरबार हाइ स्कुलको प्रधानाध्यापक शारदा कुमारि पौडेल र सहायक प्रधानाध्यपक पदम बहादुर बटाला लगायतको अभिनय,रहेको छ ।
मुर्चुङ्गा डिजिटल स्टुडियो बाट रेकर्डिङ गरिएको ” शिक्षक हामी समाजको ऐना हौँ “ बोलको गित मिति २०८२/०२/१२ गते JHARANA SHREE युटुब च्यानलबाट रिलिज भएको छ ।
__हेर्नुहोस उक्त गितको पुरा भिडियो__