२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

काठमाडौंका तीन क्षेत्र बाहेकलाई निषेधित क्षेत्र घोषणा

काठमाडौँ, १९ जेठ । राजावादी आन्दोलन चर्किएसँगै प्रशासनले काठमाडौंका तीन क्षेत्र बाहेकलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेकका स्थानलाई निषेधित क्षेत्र तोकेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बढीमा दुई महिना यो निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस