२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

मानवअधिकार तथा शान्ती समाजकाे स्थापना दिवसमा श्रीनगरमा संवाद कार्यक्रम

सल्यान ।

मानवअधिकार तथा शान्ती समाज सल्यानले २९ औं स्थापना दिवस साेमबार श्रीनगरमा एक कार्यक्रमकाे आयाेजना गरेर मनाएकाे छ ।

दिवसकाे अवसरमा वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा नागरिककाे आधारभूत आवश्यकता विषयमा नागरिक संवाद गरिएकाे थियाे । कार्यक्रममा बाेल्ने वक्ताहरुले नागरिककाे आधारभूत आवश्यकताकाे बारेमा सबैले आवाज उठाउनुपर्ने बताएका थिए ।

शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकाेटाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा शिक्षक महासंघ सल्यानका अध्यक्ष लक्ष्मीनारायण केसी, मानवअधिकार तथा शान्ती समाजका सचिव डिल्ली प्रसाद जैशी, भुमी आयाेग सल्यानका अध्यक्ष बिर बहादुर सेजवाल, पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, सल्यान क्याम्पसका प्रमुख विनाेद वली लगायतले विषयमा आफ्नाे विचार राखेका थिए ।

२०५३ जेठ १९ गते मानवअधिकार तथा शान्ती समाज स्थापना भएकाे थियाे । अहिले समाजका देशभर ३६ जिल्ला शाखा क्रियाशिल रहेका छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस