२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

वातावरण दिवसकाे अवसरमा सल्यानकाे रानीकाेटमा कफीका बिरुवा राेपियाे

सल्यान ।

विश्व वातावरण दिवसकाे अवसर पारी सल्यानमा कफीका बिरुवा राेपिएकाे छ ।

डिभिजन वन कार्यालय सल्यानको आयोजनामा शारदा नगरपालिका–५, रानीकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा करिब दुई सय रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेतीको सुरुवात गरिएको छ।

रानिकोट एग्रो इन्डस्ट्रीले सञ्चालन गर्न लागेको उक्त कफी खेती क्षेत्रको सुरुवातसँगै वातावरणीय सन्देश बोकेको कार्यक्रम सम्पन्न भएको हो ।

‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ सल्यान जिल्लामा विभिन्न स्थानमा विविध कार्यक्रम गरी २०८२ सालको विश्व वातावरण दिवस बिहिबार मनाइएको हाे ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस