२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

ललितपुरको ग्वार्कोमा आज देखि सवारी गुड्न पाउने,प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ, ६ असार । ललितपुरको ग्वार्को स्थित ओभरपासमा आज देखि सवारी गुड्न पाउने भएका छन । चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेर ओभरपासलाई सवारी आवागमनका लागि खुला गर्ने तयारी छ । गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ । ओभरपासको संरचना निर्माणको काम सकिएपछि ८ जेठदेखि कालोपत्रको काम सुरु भएको थियो ।मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागले जानकारी दिएको छ ।ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस