२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

सल्यानमा २६ वटा याेजनामा कर्णाली सरकारले छुट्यायाे करोडभन्दा माथिकाे बजेट (सुचिसहित)

सल्यान 

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सल्यान जिल्लामा पर्ने २६ वटा योजनामा एक करोडभन्दा माथिको बजेट विनियोजन गरेको छ। सडक, पुल, भवन, खानेपानी, सिँचाइ र पर्यटकीय संरचना विकास गर्न चारवटा मन्त्रालयमार्फत २६ वटा याेजनामा एक करोड भन्दा माथीकाे बजेट विनियोजन गरिएकाे छ।

सडक तथा पुलसँग सम्बन्धित १८ वटा ठुला योजनामा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले बजेट विनियाेजन गरेकाे छ । यसैगरी खानेपानी तथा सिँचाइ सम्बन्धि ५ वटा योजनामा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र ताल संरक्षण एवं पर्यटन प्रवर्द्धन सम्बन्धि २ वटा योजना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत बजेट विनियाेजन गरिएकाे ।  सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकाे स्वास्थ्य सेवा कायालय सल्यानकाे भवन निर्माणमा पनि कराेड बजेट रहेकाे छ ।

यस्ता छन् भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएका एक कराेड भन्दा माथिका योजना

  • थारमारे–वडागाउँ–चौरजहारी सडक योजना – रु १० करोड
  • कालीमाटी–रामपुर–रामबजार–लुहाम–सल्यान खलंगा जोड्ने सडक – रु ६ करोड
  • सल्यान खलंगा–कालीमाटी–घईयावारी–काप्रेचौर–खर्कबार–कोहलपुर सडक योजना – रु ४ करोड ४ लाख
  • त्रिवेणी गापा–लुहाम–कालीमाटी–रामपुर सडक खण्डकाे काभ्रा–कालीमाटी सडक कालोपत्रे – रु ४ करोड
  • मौलहाले–दार्मा–फारुला सडक स्तरोन्नति – रु ४ करोड
  • चाख्लिघाट–त्रिवेणी घाट–कुमाख लेक–जिमाली–चिसापानी सडक – रु ३ करोड
  • मर्मखोला–सानिपिप्ली मोटरेबल पुल, कुमाख गाउँपालिका – रु २ करोड ५० लाख
  • सालचौर सडक पुल (शारदा नगरपालिका–९) – रु २ करोड ५० लाख
  • बागचौर–पातीहाल्न सडक जंगारखोला पुल – रु १ करोड ६० लाख
  • श्रीनगर–खैराबाङ मोटर बाटो स्तरोन्नति – रु १ करोड ६० लाख
  • बालवा संग्रही–कुपिण्डे–खलंगा सडक – रु १ करोड ५५ लाख
  • छत्रेश्वरी–त्रिवेणी जोड्ने कारेवास–रांसी झोलुंगे पुल सडक – रु १ करोड ५० लाख
  • ढोरचौर–छापडाडा–गैरीकटेरी–मैदुपोखरी–सल्लीबजार सडक – रु १ करोड ५० लाख
  • कोटमौला–किमरे–पोखरी–खोरवारे–परिलेख सडक स्तरोन्नति (सुन्तला पकेट क्षेत्र) – रु १ करोड
  • घईयावारी–गंगटे जोड्ने झोलुंगे पुल, कालिमाटी–०७ – रु १ करोड
  • सोलावाङ–रिम सडक स्तरोन्नति (कपुरकाेट गापा) – रु १ करोड
  • स्वीकोट–नेटा-मर्म–परिकाँडा–जिमाली–चौरपानी सडक स्तरोन्नति – रु १ करोड
  • बागचाैरकाे रारेचौर–खाली–चोरपानी–कुमाख–कालालेक–उचाल्ने–नाथे पिपल–सल्ली–सुर्खेत सडक  – रु १ करोड

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमार्फत विनियोजन भएका एक कराेड भन्दा माथिका योजना

  • मुलखोला थरा–कुपिण्डे पारी गाउँ–काउचे लिफ्ट खानेपानी योजना (बनगाड कुपिण्डे–८) – रु ३ करोड ६० लाख
  • कालिमाटी सिँचाइ योजना निर्माण – रु ३ करोड २० हजार
  • कुमाख खानेपानी योजना – रु २ करोड ५० लाख
  • कालिमाटी खानेपानी योजना – रु २ करोड
  • बनगाड कुपिण्डे वृहत खानेपानी योजना (नपा १, २ र ८) – रु १ करोड २६ लाख

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत विनियोजन भएका एक कराेड भन्दा माथिका योजना

  • कुपिण्डे ताल संरक्षण गुरु योजना कार्यान्वयन – रु ४ करोड ९९ लाख ५३ हजार
  • कुपिण्डे दह जलाधार संरक्षण तथा पर्यटन प्रवर्द्धन – रु ३ करोड ६० लाख

सामाजिक विकास मन्त्रालयमार्फत विनियोजन भएका एक कराेड भन्दा माथिका योजना

  • स्वास्थ्य सेवा कायालय सल्यानकाे भवन निर्माण १ कराेड

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस