२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

वनगाड कुपिण्डे नगरपालिकाले सार्वजनिक गर्याे ७९ करोडको बजेट

सल्यान ।

वनगाड कुपिण्डे नगरपालिकाको १७औं नगरसभा अधिवेशन मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको अध्यक्षता र कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री भिम प्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नगर उप-प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, नगरसभा सदस्यहरू, शाखा प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख बुढाथोकीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उप-प्रमुख आचार्यले नगरको वार्षिक बजेट प्रस्तुत गरे। बजेट तथा नीति कार्यक्रम नगरसभा सदस्यहरूको सर्वसम्मत निर्णयमा पारित भएका छन्।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। जसमध्ये चालू खर्चतर्फ ५२ करोड १३ लाख (६६ प्रतिशत) र पुँजीगत खर्चतर्फ २६ करोड ८७ लाख (३४ प्रतिशत) रकम छुट्याइएको छ।

नगरसभाले आर्थिक अनुशासन, पारदर्शिता र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस