शिवजन मावि शितलपाटीका दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सल्यान ।
फेलोसिप सोसाइटी नेपालको आयोजनामा तथा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा शिवजन मावि शितलपाटी सल्यानका दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको ।
दृष्टिविहीन बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले शुक्रबार शिवजन माध्यमिक विद्यालय, शितलपाटी सल्यानमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयलाई ल्यापटप/डेक्सटप २ थान, विद्यार्थीलाई झोला २० थान, इन्टरपोइन्ट ब्रेल स्लेट २० थान, ब्रेल कापी २० रिम, र ब्रेल स्टाइलस १०० थान प्रदान गरिएको हो।
सहयोग सामग्री फेलोसिप सोसाइटी नेपालका प्रतिनिधि प्रमेन्द्र ढकाल र सूर्यज्योति लाइफ इन्स्योरेन्स सल्यानका प्रमुख भरत रोकायको उपस्थितिमा विद्यालयमा हस्तान्तरण गरिएको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञ विक्रम, प्रधानाध्यापक जीवनकुमारी रावत र दृष्टिविहीन शिक्षक राजश अर्याल, गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी, पत्रकार महासंघ सल्यानकम कोषाध्यक्ष खकेन्द्र केसी लगायतको उपस्थिति कार्यक्रम गरिएको हो ।
कार्यक्रम बोल्नेहरुले यस्तो सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको सिकाइमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमले दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा प्रविधि र ब्रेल सामग्रीको पहुँचलाई विस्तार गर्ने अपेक्षा गरिएको छ।