२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

काठमाण्डौँ महानगरपालिकाद्धारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुल्ला

काठमाण्डौँ, १८ असार । काठमाण्डौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गरी शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो । इच्छुक विद्यार्थीले बुधबारदेखि नै अनलाइन आवेदन फाराम भर्न सक्नेछन् ।

आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ । छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस