अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाण्डौँ, २१ असार । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भएको जनाएको छ । उक्त स्थानमा सडक क्षति पुगेकाले मर्मत गर्ने ९फिलिङ गर्ने० काम भइरहेको विभागले जनाएको छ । यो राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको छ ।
यसैगरी शुक्रबारदेखि बागलुङको निसीखोला–७ स्थित भूमिथान खोलामा सडक अवरुद्ध हुँदा कक्रहवा ९भारत सीमा०–रुद्रपुर, सालझण्डी–सन्धिखर्क–देवीस्थान र बूर्तीवाङ–ढोरपाटन सडक खण्डमा यातायात ठप्प भएको छ । साथै काभ्रेपलान्चोकको बनेपा नगरपालिका ४ र १ को सीमा जोड्ने पुल शुक्रबार राति भाँचिएपछि नाला–च्यामासिङ सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।