२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सल्यानमा गणित शिक्षकहरूका लागि तालिम

सल्यान ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एन–प्याब्सन) सल्यानद्वारा जिल्लाका गणित शिक्षकहरूका लागि गणित शिक्षण सम्बन्धी तालिम सम्पन्न गरिएको छ।

शनिबार श्रीनगरस्थित होटल युनाइटेडमा आयोजित एकदिने तालिममा सल्यानका विभिन्न निजी तथा केही सामुदायिक विद्यालयका करिब ७० जना गणित शिक्षकहरूको सहभागिता रहेको थियो।

तालिममा अलाइन पब्लिकेशनका गणित विषयका लेखक अशोक डंगोलले प्रशिक्षण दिएका थिए। तालिमको उद्देश्य विद्यालयहरूमा गणित शिक्षणलाई अझ प्रभावकारी र विद्यार्थीमैत्री बनाउने रहेको एन–प्याब्सन सल्यानले जनाएको छ।

कार्यक्रमको अध्यक्षता एन–प्याब्सन सल्यानका अध्यक्ष संगम शाहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा एन–प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष कुल बहादुर भण्डारीको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा २०८१ सालको एसईई परीक्षामा सल्यान जिल्लामा सबैभन्दा बढी जीपीए ल्याई पहिलो स्थान हासिल गर्ने शारदा नगरपालिका–४ स्थित ज्योतिपुञ्ज एकेडेमीका विद्यार्थी अनिश डाँगीलाई विशेष सम्मानसमेत गरिएको थियो।

कार्यक्रम एलाइड पब्लिकेशन र कालिका स्टेसनरी एण्ड सप्लायर्स श्रीनगरको प्रायोजनमा सम्पन्न भएको थियो।

यसअघि पनि शिक्षकहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिसकेको र आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने एन–प्याब्सन सल्यानले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस