२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

भेरी राप्ती सार्वजनिक यातायात प्रालिको अध्यक्षमा रोकाय

आनन्द प्रेम बस्नेत, सल्लीबजार ।

भेरी राप्ति सार्वजनिक यातायात प्रालिको अध्यक्षमा राजु रोकाय सर्वसम्मत चयन भएका छन । बुधबार बसेको साधरण सभा तथा प्रालिको दोस्रो अधिवेशनबाट रोकाय अध्यक्षमा चयन भएका हुन ।

अधिबेशनबाट प्रालिको अध्यक्ष लगायत ६ जनाको संचालक समितिको गठन गरिनुका साथै प्रालिको आर्थिक प्रतिबेदन पनि सार्वजनिक गरिएको छ ।

सल्लीबजार मुख्य कार्यालय रहेको राप्ति प्रा.लि.ले बिगत १९ बर्ष देखि निरन्तर सेवा दिदै आएको छ । उक्त प्रालिका गाडी सल्लिबजार देखि नेपालगन्ज, सुर्खेत तथा बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न गाउहरुमा सेवा सुबिधा दिदै आएका छन ।

लेकाली अनलाइन सँग कुरा गर्दै नव निर्वाचित अध्यक्ष रोकायले भने- “हामि जनतालाई सेवा सुबिधा दिने कुरामा पछाडी पर्ने छैन । हाम्रो क्षेत्रका जनताले नेपालगन्ज, सुर्खेत जानको लागि जाजरकोटबाट आएका गाडि कुर्नुपर्थ्यो अब यो बाध्यता हामि हटाउने छौ ।”

यस अघि निवर्तमान अध्यक्ष तुल्सी पुनलाई प्रालिले सरसम्मानका साथ विदाई गरेको छ ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस