२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

बानेश्वरको संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ

काठमान्डौं, २६ असार । काठमाडौँको बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बानेश्वर स्थित टेकस्पायर कलेजका प्राध्यापक सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमान्डौँका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।  पक्राउ पर्नेमा प्राध्यापक विजय बाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा छन् । गएको असार २४ गते संसद् भवनमा खसेको अवस्थामा ड्रोन भेटिएको थियो । निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि त्यसबारे संसद्मा कुरा समेत उठेको थियो ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस