२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

ऋणी सदस्यको निधनपछि जनउत्थान लघुवित्तद्वारा कर्जा मिनाहा

सल्यान

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय त्रिवेणी गाउँपालिका–६ लुहामले ऋणी सदस्यको निधन भएपछि कर्जा मिनाहा गरेको छ।

त्रिवेणी–२ राजाठिगी निवासी मिना रोकाले संस्थाबाट ३ लाख ६० हजार रुपैयाँ ऋण लिएकी थिइन्। गत असार २७ गते उनको निधन भएपछि, श्रीमान प्रेमबहादुर रोकालाई आइतबार उक्त कर्जा मिनाहासम्बन्धी रकम हस्तान्तरण गरिएको हो।

मिना रोकाले लिएको ऋणमध्ये हालसम्म बुझाएको १ लाख ६० हजार र १० हजार रुपैयाँ क्रिया खर्च गरी जम्मा १ लाख ७० हजार रुपैयाँ घरमै पुगेर हस्तान्तरण गरिएको हो भने तिर्न बाँकी रहेको २ लाख रुपैयाँ पनि संस्थाले मिनाहा गरेको हो।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत कर्जा मिनाहा प्रक्रिया सम्पन्न भएको हो। कर्जा मिनाहा कार्यक्रममा शाखा सञ्चालक अधिकृत खेमराज सार्की र कर्मचारी डक्टर बी.सी. सहभागी रहेका थिए।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस