सिंहदरबार पुनर्निर्माण गर्न सहयोग संकलन अभियान
सल्यान
जेन-जीको आन्दोलनका बेला आगलागीबाट ध्वस्त भएको सिंहदरबार पुनर्निर्माणका लागि सल्यानको रानीपोखरी मेलामा पनि सहयोग संकलन अभियान सुरु गरिएको छ ।
गंगादेव गाउँपालिका ३, रोल्पा निवासी अभियान्ता तेज विक्रम ओलीको नेतृत्वमा आइतबार बागचौर नगरपालिका ८ मा लाग्ने रानीपोखरी मेलामा सहयोग रकम संकलन गरिएको हो ।

मेलाबाट ६ हजार ८ सय ६५ रुपैयाँ रकम संकलन भएको अभियान्ता ओलीले बताए । उक्त रकम सरकारले खडा गरेको पुनर्निर्माण नागरिक कोषमा जम्मा गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार