२०८३ साउन १५ गते शुक्रवार | 2026 July 31st Friday

सल्यानमा विवाहका लागि जन्ती जाँदै गरेको गाडी दुर्घटना

सल्यान ।

सल्यानमा विवाहका लागि जन्ती जाँदै गरेको गाडी दुर्घटनामा परेको छ ।

शारदा नगरपालिका १० भाँगाचौर देखि सानिगारे तर्फ बिवाहको लागि जन्ती जादै गरेको लु.प्र.०२-००१ ज.००२१ नं.जिप वडा नम्बर ९ ज्वालापुरमा बिहीबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि १२ जना घाइते भएका छन् । जसमा २ जना गम्भीर रहेका छन् । गम्भीर घाइतेमा भाँगाचौर निवासी बर्ष ६० की गुमी कवर र बर्ष १४ की सोभा कवर रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा २४ वर्षका दुलाह चेतराम गिरी, २० वर्षीया दुलही कमला गिरी रहेका छन् । यसैगरी बर्ष १४ की हरीकला कवर, वर्ष १८ का प्रबिन कवर, बर्ष १४ की रेनुका कवर, बर्ष १७ का हेमराज कवर, बर्ष २६ की कुमारी बुढाथोकी, बर्ष ४२ की प्रमिला गिरी, बर्ष १५ की बिमला गिरी र बर्ष ३३ का रुपराल गिरी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनिहरुको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गाडी चालक प्रहरीको सम्पर्कमा रहेका छैनन । जिप आफै अनियन्त्रित भई सडक देखि करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाई छ ।

घटनास्थलमा सल्यान प्रहरी प्रमुख डिएसपी डा. हेम बहादुर के.सी.को कमाण्डमा ट्राफिक सहित ११ जनाको प्रहरी टोली खटिएको छ ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस