२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

गंगादेवका स्वतन्त्र युवाहरूले बुझाए गाउँपालिकामा १५ बुँदे ध्यानाकर्षण पत्र

रोल्पा ।

“विधिको शासन, समृद्ध गाउँ: गंगादेब बनोस जनमुखी ठाउँ” भन्दै गंगादेव गाउँपालिका रोल्पाका स्वतन्त्र युवा तथा जेन-जीहरुले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गंगादेब गाउँपालिकाभित्र देखिएका अनियमितता, भ्रष्टाचार र सेवा प्रवाहमा सुधारको माग सम्बन्धमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । “ध्यानाकर्षण पत्रमा
गंगादेब गाउँपालिकाभित्र देखिएका विभिन्न भ्रष्टाचार, अनियमितता, गैर-जवाफदेही सेवा प्रवाह, सवारी साधनको चरम दुरुपयोग, गाउँपालिकामा प्राप्त अनुदान बजेटको असमान वितरण लगायतका विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।” संयोजक तेजविक्रम वलीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

मागहरूप्रति गम्भीरताका साथ बोध नगरिएको खण्डमा सम्पूर्ण युवा, नागरिक तथा सरोकारवालाहरू संगठित रूपमा आन्दोलनका थप चरणहरूमा जान बाध्य हुने चेतावनी पत्रमा दिइएको छ ।

निवर्तमान र वर्तमान गाउँपालिका अध्यक्षहरुको व्यक्तिगत जुधाईले अलपत्र परिरहेको गाउँपालिकाको नाम र केन्द्र भौतिक संरचना अभावका कारण अनेत्र सर्ने अबस्था सिर्जना भएमा दुवैजनाले यसको क्षेती ब्यहोर्नु पर्ने समेत ध्यानाकर्षण पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस