२०८३ असार २ गते मङ्गलवार | 2026 June 16th Tuesday

सल्यान, रुकुम पश्चिम र पुर्वी जिल्ला उत्कृष्ट करदाता लाई सम्मान

सल्यान ।

सल्यान, रुकुम पश्चिम र रुकुम पुर्वी जिल्लाबाट राज्यलाई सबैभन्दा बढी आयकर तिर्ने करदाता लाई सम्मान गरिएको छ ।

करदाता सेवा कार्यालय श्रीनगर सल्यानको कार्यक्षेत्र अन्तर्गत रहेका ३ जिल्लाका उत्कृष्ट ३ करदातालाई आज चौधौ राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरिएको हो ।

उत्कृष्ट करदाताको रुपमा सम्मान हुनेमा न्यू विजय ट्रेडर्स मुसिकोट-५ रुकुम पश्चिम, ओइस्नाप / स्वप्निल जे. भी.
त्रिवेणी १ सल्यान र मेजेस्टीक इन्जिनियरि मल्टि सर्भिस प्रा.लि. भुमे गाउँपालिका २. रुकुम पूर्व रहेका छन । आर्थिक वर्ष २०८०/०८१ को लागि उनिहरु उत्कृष्ट घोषित भएका हुन् ।

न्यू विजय ट्रेडर्सका संचालक रिता डाँगी, ओइस्नाप / स्वप्निल जे. भी. का संचालक राजेन्द्र कुमार थापा र मेजेस्टीक इन्जिनियरि मल्टि सर्भिस प्रा.लि.का कमल बुढालाई सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, डिएसपी डा. हेम केसी, पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायतको उपस्थितिमा श्रीनगरमा सम्मान गरिएको हो ।

दिवसका अवसरमा भएको करदाता सम्मान पछिको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले राज्य संचालनमा करको महत्वपुर्ण योगदान हुने भएकोले यसलाई अझ व्यवस्थित बनाउने प्रकृयामा सरकार रहेको बताएका छन । उनले कर तथा राजस्व संकलनको कामलाई सहज र सजिलो बनाउनुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रमलाई नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा ओइस्न्याप स्वप्निल जेभीका संचालक राजेन्द्र थापा, संघका महासचिव मोहन सारू, रूकुम पुर्वको मेजेस्टिक इन्जिनियर मल्टी सर्भिस प्रालिका संचालक कमल बुढा लगायतले सम्बोधन गरेका थिए ।

करदाता सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख खुमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रविन्द्र थापाले गरेका थिए ।
उद्योग वाणिज्यसंघ सल्यानको सभाहलमा भएको कार्यक्रममा सहभागिलाई संघका उपाध्यक्ष राजेन्द्र भण्डारीले गरेका स्वागत गरेका थिए । कार्यक्रम करदाता सेवा कार्यालय सल्यानको आयोजना तथा उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस