स्वाबलम्बन लघुवित्तबाट ऋण बीमा रकम हस्तान्तरण
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड साखा कार्यालय श्रीनगर, सल्यानअन्तर्गत सारदा नगरपालिका–७ ओख्रेनीमा पर्ने केन्द्र नं. ८७ की ग्राहक सदस्य मोति खड्काका श्रीमान् ओबिराम खड्काको निधनपछि संस्थाले ऋण बीमा बापतको रकम हस्तान्तरण गरेको छ।
मंगलवार सम्पन्न केन्द्र बैठकका क्रममा ऋण बीमा अन्तर्गत मोति खड्कालाई रु २,४२,५०० को चेक हस्तान्तरण गरिएको हो। चेक वडा नं. ७ की वडा सदस्य सरिता परियार र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारी किरण गिरीले संयुक्त रूपमा प्रदान गरे।
मोति खड्काले संस्थाबाट रु २ लाख ३० हजार ऋण लिएकी थिइन्। श्रीमानको मृत्यु पश्चात् बीमा नियमअनुसार लघुवित्तले सो रकम उपलब्ध गराएको शाखाका कर्मचारी गिरीले जानकारी दिए।
चेक हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, लघुवित्तका कर्मचारी तथा केन्द्रका सदस्यहरूको उपस्थिति थियो।
प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार