२०८३ साउन १४ गते बिहिवार | 2026 July 30th Thursday

त्रिजमावि माल्नेटाको प्रधानाध्यापकमा खिमराज विक नियुक्त

सल्यान ।
शारदा नगरपालिका–१५, माल्नेटा स्थित त्रिभुवन जन माध्यमिक विद्यालयका प्रधानाध्यापकमा खिमराज विक नियुक्त हुनुभएको छ। उहाँ मावि तह विज्ञान विषयका स्थायी शिक्षक हुनुहुन्छ।

पदीय मर्यादाक्रमका आधारमा विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकाले विकलाई प्रधानाध्यापकमा नियुक्ति प्रदान गरेको हो।
नवनियुक्त प्रधानाध्यापक विकले विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले शिक्षक–विद्यार्थीबीचको सहकार्य बलियो बनाउने, नियमित पठनपाठनलाई प्रभावकारी बनाउने तथा सिकाइ उपलब्धि वृद्धि गर्ने योजनामा जोड दिनुभएको छ।
त्यसैगरी, विद्यालयको भौतिक पूर्वाधार सुधार, अनुशासित र सुरक्षित शैक्षिक वातावरण निर्माण, अभिभावकसँगको सहकार्य विस्तार तथा अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्दै विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
नवनियुक्त प्रधानाध्यापकको नेतृत्वमा विद्यालयको समग्र व्यवस्थापन सुदृढ भई शैक्षिक सुधारमा सकारात्मक परिवर्तन आउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस