२०८३ भाद्र २४ गते बुधवार | 2026 September 9th Wednesday

सल्यानमा पहिलो पटक सुर्यज्योति लाइफ इन्स्योरेन्स र जीवन सहारा हस्पिटल बीच सम्झौता

सल्यान ।

सल्यानमा सुर्यज्योति लाइफ इन्स्योरेन्स शाखा कार्यालय र जीवन सहारा हस्पिटल प्रा. लि., श्रीनगर बीच विशेष स्वास्थ्य सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत सुर्यज्योति लाइफ इन्स्योरेन्समा आवद्ध विमित, अभिकर्ता तथा कर्मचारीहरूले जीवन सहारा हस्पिटल प्रा. लि.मा उपचार गराउँदा विभिन्न छुट सुविधा पाउने भएका छन्। डाक्टर शुल्कमा ३० प्रतिशत छुट, ल्याब परीक्षणमा १० प्रतिशत छुट, अल्ट्रासाउन्ड (USG) मा २० प्रतिशत छुट र भर्ना (अड्मिसन) बेड चार्जमा ३० प्रतिशत छुट दिइने बताइएको छ।

सल्यानमा यो प्रकारको स्वास्थ्य सुविधा सम्झौता पहिलो पटक भएको हो। सम्झौता कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रेम प्रसाद अर्याल, सल्यान शाखा प्रमुख भरत रोकाय तथा जीवन सहारा हस्पिटल प्रा. लि.का एमडी डा. मेसक अधिकारी उपस्थित थिए।

प्रकाशित मिति : २०८२ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस