२०८२ चैत्र ३० गते सोमवार | 2026 April 13th Monday

सल्यान–दाङ विद्यार्थी सम्पर्क समन्वय समितिको पहिलो बैठक सम्पन्न

दाङ ।

सल्यान–दाङ विद्यार्थी सम्पर्क समन्वय समितिको पहिलो बैठक शनिबार दाङको तुलसीपुर–५ पिपलबोटस्थित इन्टरप्राइज प्रोमोसन प्रा.लि.को सभाकक्षमा सम्पन्न भएको छ। समितिका अध्यक्ष घनराज खड्काको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

बैठकले आगामी दिनका लागि विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। प्रस्तावअनुसार संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यसमिति पूर्णता दिने, सल्लाहकार समिति गठन गर्ने, विभिन्न विभागहरू गठन गर्ने, बैठक तथा कार्यक्रमको मासिक कार्यतालिका तयार गर्ने, आर्थिक स्रोत निर्माण गर्ने, प्रकाशन तथा मौसमी बालश्र उत्पादन गर्ने, लेभी उठाउनेलगायत विषयमा छलफल गरी कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

बैठकले सल्लाहकारका रूपमा टंक प्रकाश केसी, खेमराज सुनार, मदन केसी र भरत चन्दलाई चयन गरेको छ। साथै समितिभित्र कार्यविभाजन समेत गरिएको छ।

कार्यक्रममा इन्टरप्राइज प्रोमोसन प्रा.लि.का प्रवन्ध निर्देशक हेमराज भण्डारीले सल्यान–दाङ विद्यार्थी सम्पर्क समन्वय समितिलाई स्वागत, बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन समितिका सचिव सुमन बुढाथोकीले गरेका थिए।

प्रकाशित मिति : २०८२ माघ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस