२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

भेरी नदीमा हाम फाल्दा २१ वर्षीया युवती बेपत्ता, उद्धारमा गएका एक जना डुबेर घाइते


सल्यान

दाङ तुल्सीपुर उपमहानगरपालिका–६ घर भई हाल सल्यानको बनगाड कुपिण्डे नगरपालिका–६ चौतारा माइतीघरमा बस्दै आएकी २१ वर्षीया पुस्पा सिंह ठकुरी भेरी नदीमा हाम फालेर बेपत्ता भएकी छन्।
शुक्रबार दिउँसो करिब १२ बजेतिर सिम्ता–बनगाड जोड्ने भेरी पुलबाट उनले एक्कासी नदीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन्। श्रीमान् त्रिदेव मल्लसँग घुम्न भनेर घरबाट निस्किएकी ठकुरीले अचानक नदीमा हाम फालेको जनाइएको छ।
ठकुरीको खोजी गर्ने क्रममा बनगाड कुपिण्डे–१ सल्लिबजार निवासी ४२ वर्षीय जितेन्द्र शाह पनि नदीमा डुबेका थिए। उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि मेहलकुना अस्पताल पठाएका छन्।
हालसम्म बेपत्ता ठकुरीको अवस्था अज्ञात रहेको र खोजीकार्य जारी रहेको जिल्ला सूचना अधिकारी देवराज घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार भोलि बिहानैदेखि थप खोजीकार्य तीव्र पारिनेछ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस