२०८३ भाद्र ७ गते आइतवार | 2026 August 23rd Sunday

७ कराेडमा शारदा नदिमा बनेकाे माेटररेवल पुल उद्घाटन

सल्यान ।

सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. १ काभ्रा रामबजार र वडा नम्बर–२ शंखपिपल जोड्ने मोटरेवल पुल उद्घाटन गरिएको छ । शारदा नदिमा बनेको उक्त पुल सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले रिबन काटेर औपचारिक रुपमा उद्घाटन गरेका हुन ।

२०७९ सालमा सम्झौता भइ निर्माण सुरु भएको पुल २०८१ साल भदौमा निर्माण सम्पन्न भएको भएको थियो । ८४.३ मिटर लामो पुल ११ महिनामा निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय सल्यानका प्रमुख नबिन थापाले बताए ।

कुल ७ करोड १ लाख ३६ हजार ४४८ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आएपछि स्थानीयलाई शारदा नदि तर्न सहज हुने र आर्थिक क्रियाकलाप समेत बढ्ने बिश्वास गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रदेश सरकरका भौतिक पूर्वाधार मन्त्री शेर बहादुर बुढा, उद्योग वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, पूर्व कृषि मन्त्री भिम प्रकाश शर्मा, प्रदेश सभा सदस्य लक्ष्मी सुनार, जिल्ला समन्वय प्रमुख बेलाराम रावल, गाउँपालिकाका निवर्तमान अध्यक्ष मान बहादुर डाँगी, कपुरकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष भिम बहादुर सेन लगायत जिल्लाका विभिन्न कार्यलय प्रमुख र सुरक्षा निकायका प्रमुखहरूको सहभागीता रहेको थियो ।

पुल निर्माणको जिम्मा नारायणम भगवती जेभी नेपालगञ्जले लिएको थियो । समय अगावै निर्माण सम्पन्न गरेकोले कार्यक्रममा निर्माण कम्पनीलाई समेत सम्मान गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस