२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

अर्घाखाँची बस दुर्घटना ४ जनाको मृत्यु २७ जना घाईते

अर्घाखाँची, १३ चैत । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाईते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो ।

लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा परी तिन महिला र एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उप–महानगरपालिका–८ निवासी ५५ वर्षीय जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ४५ वर्षीय उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीय सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाट बस्ने ५० वर्षीय चालक मदन कुमार विक रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुमा नवलपरासी पश्चिम बर्दघाट वडा नम्बर–१२ बस्ने वर्ष ३६ को सन्तोष कडेंल, सोही ठाउँका वर्ष ४ को अमर कडेंल, वर्ष १९ को अरुण भट्टराई, वर्ष ३१ को आशिष अधिकारी, वर्ष २७ की लक्ष्मी अधिकारी, वर्ष ४ की आन्दा अधिकारी, वर्ष १४ को आयान्स अधिकारीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।

यस्तै वर्ष ४० की चन्द्रकला भट्टराई, रुपन्देहीको देवदह बस्ने वर्ष १७ को सक्षम चापागाई, बर्दघाट–१५ बस्ने वर्ष ४५ को मित्रबन्दु अधिकारी, बर्दघाट–१४ बस्ने वर्ष ५५ को कलम सापकोटा, वर्ष ४८ को लक्ष्मण पंगेनी, वर्ष ४० मनकुमारी घिमिरे, वर्ष २९ को दिपक अधिकारी, बुटवल बस्ने वर्ष ५० का दण्डपानी बस्याल, बर्दघाट –१४ वर्ष ३६ की झविकला पाण्डे, बुटवल बस्ने वर्ष २५ को गणेश बस्याल, बुटवल उ।म।न।पा।–१३ बस्ने वर्ष ३२ को रामु अधिकारीको प्राथमिक उपचार केन्द्र ठाडामा उपचार भईरहेको छ ।

अन्य केही घाईतेको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाई छ । उद्दारपछी घाईतेहरुलाई उपचारका लागी प्राथमिक उपचार केन्द्र ठाडा र ७ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस