सल्यानको राम्री–कपुरकोट सडक आजदेखि फेरि एक हप्तासम्म बन्द हुने
काठमाडौँ, ७ जेठ । राप्ती राजमार्ग अन्तर्गत सल्यानको राम्री–कपुरकोट सडक आजदेखि फेरि एक हप्तासम्म बन्द हुने भएको छ । सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा आजदेखि जेठ १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सडकको स्तरोन्नतिका लागि आजदेखि गाडी आवागमन बन्द गरिन लागिएको हो । बन्द हुने समयमा साना गाडी तथा यात्रुले पैंयाखोरिया–सातवास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार