२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

उत्तरी इरानमा हवाई आक्रमणमा परेर ९ जनाको ज्यान गयो

काठमान्डौं, १०  असार ।  उत्तरी इरानमा हवाई आक्रमणमा परेर चार वटा घर नष्ट भएका छन् । ती आक्रमणका क्रममा कम्तीमा नौ जनाको ज्यान भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।  गिलानका गभर्नरको कार्यालयका अनुसार अरू ३३ जना घाइते भएका छन् । यी आक्रमण इजरायलले गरेको बताइएको छ ।

मर्ने र घाइते हुनेमध्ये १४ जना महिला र बालबालिका रहेको बताइएको छ । यसैगरी, मर्नेमा मोहम्मद रेजा सिद्धकी नाम गरेका परमाणु वैज्ञानिक पनि रहेको भन्दै केही सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।  आक्रमणमा वरिष्ठ परमाणु वैज्ञानिक मारिएको इजरायली सेनाले पनि भनेको थियो ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस