२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

जन्मदिनको अवसरमा बिमा पोलिसी उपहार

सल्यान ।

राेल्पाकाे गंगादेव गाउँपालिका वडा नं. १ ओत निवासी टिकाराम डाँगीले आफ्नो जन्मदिनको अवसरमा आफ्नो र आफ्नो छोराको जीवन बिमा पोलिसी खरिद गरेका छन् ।

टिकाराम डाँगीले सुर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी सल्यान शाखा सँग समन्वय गरी रु १० लाखको बीमा पोलिसी उपहार खरिद गरेका हुन् । भविष्यमा आउने आर्थिक व्यवस्थापन र हुन सक्ने सम्भावित संकटलाई समाधान गर्न सहज होस् भनेर बीमा पोलिसी उपहार खरिद गरेको टिकाराम डाँगीले बताए । यसअघि पनि उनले आफ्नो छोरीको बिमा पनि सुर्य ज्योती लाइफ इन्स्योरेन्समै बनाएका थिए ।

हरेक अभिभावकले आफ्ना सन्तानको उच्च शिक्षामा सहजता होस र उज्ज्वल भविष्यको कामना सहित लक्ष्य प्राप्तिका लागि भविष्यमा आर्थिक संकट नआओस भनि आफ्नो क्षमता अनुसारको बिमामा बचत गर्ने यस्तो पुण्यकामको सुरुवात सबैले गर्नुपर्ने कम्पनीका अभिकर्ता चन्द्र बहादुर डाँगीले बताए ।

सुर्य ज्योति लाईफको बच्चाको नौलो बाल जीवन बिमा पोलिसी र आफ्नो थ्रि २० धन बहार जिवन बिमा योजना ( पेन्सन प्लान) मार्फत निरन्तर बचत गरि भविष्यमा बोनस सहित एकमुष्ट आउने रकम त्यो समयमा लक्ष्य प्राप्तीको लागि कोसे ढुङ्गा सावित हुने साथै, राज्यले प्रत्येक नागरिकको बिमा अनिवार्य हुनुपर्ने प्रावधान ल्याएमा नागरिक र राज्यलाई थप सम्वृद्धिको आधार तिर लैजान सकिने सुर्य ज्योति लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत रोकायले उल्लेख गरेका छन ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस