रुसले अफगानिस्तानको तालिबान नेतृत्वको सरकारलाई मान्यता दियो
काठमान्डौं, २० असार । रुसले अफगानिस्तानको तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । योसँगै रुस तालिबानको सत्तालाई मान्यता दिने विश्वको पहिलो देश बनेको छ । रुसको निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खानले साहसपूर्ण भन्नुभएको बी.बी.सी.ले जनाएको छ ।
काबुलमा रहेका रुसी राजदूत डिमित्री झिर्नोभले तालिबान सरकारलाई मान्यता दिने निर्णयबारे जानकारी गराउनुभएको खानले बताउनुभएको हो । सन् २०२१ को अगस्टमा सत्तामा पुनर्स्थापित भएपछि तालिबानले अन्तर्राष्ट्रिय मान्यता तथा लगानीका निम्ति कोशिश गरिरहेको छ । तर अफगानिस्तानमा मानव अधिकार हनन निरन्तर भइरहेका कारण तालिबानले मान्यता पाउन सकेको छैन ।
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार