२०८३ भाद्र ५ गते शुक्रवार | 2026 August 21st Friday

बुबाकाे सम्झनामा चन्द परिवारद्वारा ५० हजारकाे अक्षयकोष स्थापना

नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला सेक्रेटरी मदन चन्दका बुबा फत्ते बहादुर चन्दकाे सम्झनामा परिवारले ५० हजारकाे स्मृति अक्षयकोष स्थापना गरेका छन् ।

दार्मा गाउँपालिका वडा नं. ५ ढाकाडमकाेट निवासी चन्दकाे बैशाख ११ गते निधन भएकाे थियाे । मृत्यु पछ्यात परिवारले प्रगतिशील मृत्यु संस्कार अवलम्बन गरी ५ दिनमा पुन्यतिथी गरिएकाे थियाे ।

पाचाैं दिनमा भएकाे साेम सभा कार्यक्रमकाे आयाेजना गरी ढाकाडमकाेटमा रहेकाे नेपाल राष्ट्रिय माविमा ५० हजार ५ सयकाे फत्ते स्मृति अक्षयकोष स्थापना गरिएकाे छाेरा मदन चन्दले बताए ।

जसका लागि नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यलयद्वारा १० हजार, नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सल्यानद्वारा १० हजार र भाइ बन्दुद्वारा १४ हजार ३ सय ७५ रुपैयाँ समेत सहयाेग संकलन भएकाे उनले बताए ।

अक्षयकोषबाट प्रत्येक वर्ष बैशाख ११ गते नेपाल राष्ट्रिय मा बिका जेहेन्दार र प्रथम विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने बताइएकाे छ ।

साेकसभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य असल खड्का, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सबिन पाेखरेल, नेपाल कम्युनिस्ट माओवादी केन्द्रका केन्द्रिय सदस्य कृति बहादुर पुन, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के. सी., दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल, दार्मा गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत रेशम ओली, नेपाली काङ्ग्रेस पुर्व जिल्ला सहसचीव राम चन्द्र के. सी., नेपाल कम्युनिस्ट माओवादी केन्द्र दार्मा गाउँ कमिटी अध्यक्ष दुर्गा मल्ल, नेकपा एमालेका धर्म खत्री, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सदस्य रमेश के. सी. नेपाल राष्ट्रिय माविका प्रधानध्यापक प्रताप चन्द लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस