२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

लोकपाल केसीको तेस्रो स्मृति दिवस छत्रेश्वरीकाे पेदिखोलामा मनाइयो

सल्यान ।

नेपाल कम्युनिष्ट पार्टीका नेता स्व. लोकपाल केसीको तेस्रो स्मृति दिवस आइतबार सल्यानको छत्रेश्वरी गाउँपालिका–३ पेदिखोलामा आयोजित कार्यक्रममा मनाइएको छ।

वि.सं. २०७९ साउन १८ गते निधन भएका केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी सल्यान र उहाँको परिवारको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, पत्रकार तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य महोलाल चन्द आधार, एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि केसी, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य हिमाल यात्री, नेकपा एमालेका जिल्ला सदस्य नेव बहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला सदस्य नवराज वली, पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायतले मन्तव्य राखेका थिए।

बोल्ने वक्ताहरूले लोकपाल केसी समाजका लागि समर्पित एक असल राजनीतिज्ञ, इमानदार नेता र समाजसेवीको रूपमा स्मरण गरेका थिए।

कार्यक्रममा स्व. केसीका छोरा लोकेश केसीले आफ्ना पिता लोकपाल केसीको राजनीतिक यात्रा र व्यक्तिगत जीवनबारे प्रस्तुती दिएका थिए भने स्वागत मन्तव्य समेत राखेका थिए।
कार्यक्रमको सभाअध्यक्षता लाेकपाल केसीकी श्रीमतीले गरेकी थिइन भने सहजीकरण नेकपा सल्यानका सेक्रेटरी अनिल खड्काले गरेका थिए।

प्रकाशित मिति : २०८२ साउन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस