२०८३ साउन ३ गते आइतवार | 2026 July 19th Sunday

राप्ती समाज दक्षिण कोरिया स्थापनाको २०औं उपलक्ष्यमा राप्ती स्मारिका कार्यक्रमको आयोजना

राप्ती समाज दक्षिण कोरिया स्थापनाको २०औं वर्ष पूरा भएको उपलक्ष्यमा राप्ती स्मारिका २०८२ सउल स्थित दोङ्देमुन को नेपाली थाइ रेस्टुरेन्ट को सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । स्मारिकामा राप्ती को पहिचान धार्मिक तथा पर्यटन विभिन्न जातजाती बसोबास लगाएत प्रदेशमा हुने सबै खालका सुख दु:ख अनि साहित्य सृजना लेखहरु समाबेश गरिएको छ।

जसको सभा अध्यक्ष: राप्ती समाजका अध्यक्ष अमृत केसि प्रमुख अतिथि: कोरियाका लागि नेपाली राजदुत सिबमाया तुम्बहाम्फे
तथा कोरियामा रहेका विभिन्न सङ सस्था मा आबद्द अगन्तुक विशिष्ट अथितिहरु स्वागत मन्तब्य र स्मारिका निकाल्नु को उदेश्य बारे प्रष्ट परेको : राप्ती स्मारिका का सम्योजक तथा त्यस समाजका वरिष्ठ सल्लाहकार ॐलाल ओलिले गरेका थिए कार्यक्रम को संचालक राप्ती समाजका महासचिव वायु पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस