२०८३ असार २३ गते मङ्गलवार | 2026 July 7th Tuesday

चर्चित कलाकार खर्क बहादुर बुढा बने रास्वपा त्रिवेणीको सभापति

सल्यान ।
चर्चित बाध्यवाधक तथा गायक खर्क बहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्रिवेणी गाउँपालिका सल्यानको सभापतिमा चयन भएका छन् ।

शनिबार त्रिवेणीको लुहाममा सम्पन्न भएको भेलाले बुढाको सभापतित्वमा १७ सदस्यीय नयाँ गाउँ कार्य समिति चयन गरेको छ ।

जसको उपसभापतिमा गोरख पुन, सचिवमा भोला प्रसाद रावत, सहसचिवमा राजकुमार खड्‌का र कोषाध्यक्षमा गिता खड्‌का चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भुपाल साहु, छविलाल वली, शालिकराम खड्‌का, टोपेन्द्र बहादुर बस्नेत, बल बहादुर कवर, भिम बहादुर परियार, प्रदिप थापा, चन्द्रमुखी बस्नेत, मेहरमान कवर, हंशराज रावत, मेघ बहादुर विष्ट र झिन बहादुर नेपाली रहेका छन् ।

पार्टीका जिल्ला सभापति प्रकाश नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय मानव विकास प्रबद्र्धन विभागका उपप्रमुख पवन राज देबकोटा, कर्णाली प्रदेशका महामन्त्री ललित चन्द लगाएतको सहभागिता रहेको थियो।

रास्वपाले पछिल्लो समय सल्यानका विभिन्न पालिकाहरुमा संगठन विस्तार तथा भेला अभियान जारी राखेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस