२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

सल्यान ।

रुकुम पश्चिमबाट दाङ तर्फ जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

रुकुमको बाफीकोट गाउँपालिकाबाट दाङको घोराही तर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी आइतबार बिहान कपुरकोट गाउँपालिका ३, चोरखोला नजिकै दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय सल्यनले जनाएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका ५ का २७ वर्षीय प्रकाश केसी, सोही ठाउँकी ६८ बर्सिया पवि केसी र अन्दाजी २७ वर्षीय शशिधर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिए

दुर्घटनामा परि अन्य दुईजना घाइते भएका छन् । उनिहरुलाई उद्धार गरि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएकोमा अवस्था गम्भीर भएकोले थप उपचारका लागि अहिले नेपालगन्ज तर्फ पठाइएको छ । घाइते हुनेमा बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी ४७ वर्षका खगेन्द्र के.सी. र ३६ वर्षकी कि बिना के.सी रहेको जिप्रका सल्यानले जनाएको छ ।

गाडी राति सवा १२ बजे कपुरकोट प्रहरी चेक प्वाइन्ट मा इन्ट्री भएको थियो । उक्त चेक प्वाइन्ट बाट करिब ४ किलोमिटर अगाडि गाडी दुर्घटना भएको छ । दुर्घटना भएको कुरा बिहान ४ बजे थाहा भएपछि प्रहरी दुर्घटनास्थल पुगेको थियो ।

दुर्घटना कति बेला र के कारणले भयो भन्ने एकीन भएको छैन । गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

तस्बिर : बादल आचार्य

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस