२०८३ भाद्र ७ गते आइतवार | 2026 August 23rd Sunday

एमाले कर्णाली प्रदेशकाे इन्चार्जमा बोगटी, केन्द्रीय सदस्यमा सल्यानबाट पुन मनाेनित

नेकपा (एमाले)काे सचिवालय बैठकले कर्णाली प्रदेशकाे इन्चार्जमा गोरख बोगटीलाइ ताेकेकाे छ । एमालेकाे बिहीबार बसेको सचिवालय बैठकले सातै प्रदेशका इन्चार्ज ताेकेकाे हाे ।

कर्णालीमा यसअघिकाे इन्चार्जमा लेखराज भट्ट रहेका थिए ।

एमालेले १७ जना केन्द्रीय सदस्य पनि मनाेनित गरेकाे छ । मनाेनित केन्द्रीय सदस्यमा सल्यानबाट गाेविन्द पुन पनि परेका छन् । पुन एमाले सल्यानका दुइ कार्यकालका अध्यक्ष हुन् ।

कर्णाली बाहेक अन्य प्रदेशका इन्चार्जहरूमा कोशी इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएपछि रिक्त रहेकाे उपाध्यक्ष पदमा गुरू बराललाई मनोनीत गर्ने निर्णय बैठकले गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस