२०८३ कार्तिक २ गते आइतवार | 2026 October 18th Sunday

वैभवशाली संस्कृतिले नेपाल विश्वमै आकर्षणको केन्द्र : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमै आकर्षणको केन्द्र बनेको बताएका छन्।

ललितपुरको बालकुमारीस्थित पुनर्निर्मित बालकुमारी मन्दिर बुधबार बिहान समुद्घाटन गर्दै राष्ट्रपति पौडेलले मौलिक कला र संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए।

उनले ऐतिहासिक सम्पदाको पुनर्निर्माण प्रयास प्रशंसनीय रहेको बताए। ‘ललितपुर महानगरले धेरै सम्पदा पुनर्निर्माण गरेको सराहनीय छ’,उनले भने, ‘यहाँको अनुशरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेछ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफ्नो कार्यकालभित्र ऐतिहासिक महत्त्वका १५५ पाटीपौवा, देवालय, शिवालय र फाल्चा निर्माण गरेको दाबी गरे।

उनले पुरातात्त्विक महत्वका सम्पदा निर्माणमा सार्वजनिक खरिद ऐन, २०६३ बाधक रहेको बताए। उनले ऐन संशोधन गर्न सरकारलाई सुझाव दिए।

२०७२ को भूकम्पले भत्काएको बालकुमारी मन्दिर महानगरपालिकाको सहयोगमा पुनर्निर्माण भएको हो।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस