२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

एमाले सल्यानको १० औं जिल्ला अधिवेशन सुरु

चैत १८, सल्यान ।

नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनको उद्घाटन गरिएको छ । पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा आइतबार जिल्ला समन्वय समितिको हलमा उद्घाटन गरिएको हो ।

अधिवेशनमा केन्द्रीय सचीव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, पार्टीको निर्वाचन आयोगका केन्द्रिय अध्यक्ष डा. विजय सुब्बा, पार्टीका पोलिट्ब्यूरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जङ्ग शाह, लगायतका नेताहरुको सहभागीता रहेको छ ।

मंगलबारसम्म चल्ने अधिवेशनको अहिले उद्घाटन सत्र चलिरहेको छ । जिल्ला अध्यक्ष गोविन्द पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ओजबहादुर बुढाथोकीले गरिरहेका छन् ।

उद्घाटन सत्र सकिए लगत्तै आजै साँझदेखि बन्द सत्र सुरु हुने नेकपा एमाले सल्यानले जनाएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नाको लागि सकभर सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेपनि चुनावी प्रतिस्पर्धामा जाने देखिन्छ ।

अधिवेशनमा भूगोलबाट २१०, सल्लाहकार परिषद बाट २५ जना, मुल आयोजक समितिबाट ८० जना, जनबर्गिय संगठनबाट १९ जना र मनोनीत बाट १७ जना गरि ३५१ जना प्रतिनिधि सहभागी हुने सल्यान जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस