२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

आज  तीन प्रदेशमा  भारी वर्षा हुने पूर्वानुमान

भदौ २५

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको  छ ।


मनसुनी वायुको प्रभावले हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।
बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। 


आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।
कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि महाशाखाको प्रक्षेपण छ।  

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा  तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  
राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको

प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस