२०८३ भाद्र २ गते मङ्गलवार | 2026 August 18th Tuesday

गुरु जजुर माध्यमिक बिद्यालयका  शिक्षक शिव कुमार  शर्माको विदाई  कार्यक्रम

 ८ फाल्गुण, २०८१

तुलसीपर, ८ फागुन ।गुरू जजुर माविका शिक्षक शिव कुमार शर्मालाई  बिदाई गरीएको छ । आज एक कार्यक्रमको आयोजना गरी शिक्षक शर्मालाई बिदाई गरीएको हो । 
तुलसीपुर उपमहानगरपालिका –४ रक्षाचाैर अबस्थित  गुरु जजुर नमूना माध्यमिक विद्यालय  प्राथमिक तहका विद्यालय संयोजक शर्मालाई बिदाई सम्मान गरिएको हो ।


विद्यालयका प्रधानाध्यापक विष्णु कुमारी केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका  वडा नंम्बर ४ का वडा सदस्य नारायणी पुनको प्रमुख आतिथ्यमा बिदाई कार्यक्रम भएको हो । 
सो अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बहादुर खड्का,  विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण खड्का, अभिभावक तारा प्रसाद पोखरेल, विद्यालयका शिक्षक लेबेन्द्र केसी, घनश्याम डाँगी,  लगायतले बोल्नुभएको हो ।कार्यक्रमको सञ्चालन गोपाल बुढाथोकिले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस