२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पशुपतिनाथ क्षेत्रमा शोभायात्रा सम्पन्न

काठमान्डौं, १२ फागुन ।  पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालेको छ ।पशुपतिनाथ मन्दिरअघिको पश्चिम ढोकाबाट शुरू भएको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको हो ।  कोषले  महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति र १० वटा उपसमिति गठन गरेको छ ।

महाशिवरात्रि पर्व मूल समारोह समिति २०८१ गठन गरेर त्यस मातहत रहने गरी १० वटा उपसमिति समेत गठन गरिएको कोषले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको पनि जानकारी दिएको छ । महाशिवरात्रिमा नेपाल र भारतलगायत देशबाट साधुसन्त आउने क्रम चलिरहेको छ । साधुसन्तका लागि कोषले खाने÷बस्ने सुविधाको व्यवस्था गरेको छ  । व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा समिति गठन गरिएको हो ।

फागुन १४ गते महाशिवरात्रि पर्व परेकाले यस बर्ष लाखौंको संख्यामा आउने भक्तजन, एवं साधुसन्तहरुको प्रवाहलाई मध्य नजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा तथा स्वास्थ्यको मापदण्डहरुलाई पालना गर्दै समग्र रुपमा दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउने कोषले जनाएको हो । यस्तै, कोषले कानुनद्धारा निषेधित क्रियाकलापहरु नगर्न र नगराउन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस