२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

धमाधम बिरामी हुन थाले बालबालिका

काठमाडौँ, १४ फागुन ।  केही दिनयता काठमाडौँमा बालबालिकाहरू बिरामी हुने क्रम बढेको छ । चिकित्सकहरूका अनुसार बालबालिकामा उच्च ज्वरो आउने, बान्ता हुने, रिंगटा लाग्नेलगायतका विभिन्न शारीरिक समस्या देखिन थालेको छ ।

बालबालिकामा यस्तो समस्या देखिएसँगै पठनपाठन र शैक्षिक गतिविधि समेत केही प्रभावित भएको सम्बन्धित विद्यालयहरूले बताएका छन् । बालबालिकामा धमाधम स्वास्थ्य समस्या देखिएसँगै राजधानीका केही विद्यालयले अभिभावकलाई सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् भने चिकित्सकहरूले पनि मौसमी फ्लू, कोभिड–१९, वायु प्रदूषणलगायतका कारणले बालबालिका बढी प्रभावित भएको बताएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस