२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

दाङका दुई पालिकामा कपडा बैंक स्थापना भएको छ

 दाङको दुई पालिकामा कपडा बैंक स्थापना गरिएको छ
क्लोथ एण्ड फुड बैंक नेपालले दंगीशरण गाउँपालिका र बबई गाउँपालिकामा बुधबार कपडा बैंक स्थापना गरेको हो । हुनेले दिने र नहुँनेले लिने अभियान सहित कपडा बैंक स्थापना गरिएको हो ।

अध्यक्ष कमल जिसिले पुराना कपडाहरु उक्त बैंकमा राख्न सकिनेछ, ति कपडाहरुलाई सफा गरेर पुनः आबश्यकता पर्नेहरुलाई हस्तान्तरण गरिने उहाँले बताउनु भयाे । साथै पालिकालाई त्यहाँका आर्थिक अबस्था कमजोर भएका परिवारहरुलाई सहयोगकालागि केही कपडा समेत हस्तान्तरण गरिएको थियो ।

यश संस्थाले अहिलेसम्म एकसय ६४ पालिकामा यसरी कपडा बैंक स्थापना गरेको छ, भने एक लाख बढिलाई कपडा हस्तान्तरण गरेको छ । अहिलेपनि समाजमा गरिबी रहेको भन्दै जाडोमा न्यानो कपडा नहुँदा कठ्याङ्ग्रीदो अबस्थालाई अन्त्य गर्न कपडा बैंक सहयोगी हुने दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताए ।
समाजमा बर्ग अन्त्य गर्न यस्ता कपडा बैंकले भूमिका खेल्ने बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले बताए । उनले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने समेत बताए ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पीमा कुमारी खड्का, बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्का, दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कडेँल, प्रेस सेन्टर दाङका सचिब दिपक बोहरालगायतले समाज रुपान्तरणकालागि यसले खेल्ने भूमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सागर सुवेदीले गरेका थिए

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस